२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

१९ पुस, काठमाडौं । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आज उत्पादनमूलक समूहबाहेकका समूहहरू सकारात्मक भएका छन् ।

सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०।१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १६:४८