१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सवारी ज्यान मुद्दामा फरार रहेका सुदुरपश्चिका मन्त्री दीर्घ सोडारीका छोरा बबी पक्राउ

१९ पुस धनगढी । सवारी ज्यान मुद्दामा फरार रहेका नेकपा एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा २३ वर्षीय बबी सोडारी गएराति पक्राउ परेका छन् ।

सोडारीको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि उनी फरार रहेका थिए । फरार रहेका सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । दुइ साताअघि सोडारीले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार पुस २ मा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले टीकापुर–१ मा पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपानेको मृत्यु भएको थियो । प्रहरीका अनुसार घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहने गरी सोडारीलाई छाडिएको थियो तर न्याैपानेको मृत्यु भएपछि उनी भागेका थिए ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १२:४८