१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूतकाे बिदाई भेट

१७ साउन,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज बिदाई भेट गर्नुभएको छ ।राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार २१:१२