१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

कांग्रेस नेतासँग जुवा खेलिरहेका सरकारी कर्मचारीसहित सात पक्राउ

१८ पुस, सुर्खेत । जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निर्मित कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ ।

सदरमुकामस्थित गैराखालीको एक घरबाट सातलाई पक्राउ गरेको हो । आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ । दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विहान ६ बजे सम्मा मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजानिक हुने छ ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार ०८:४५