१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ को ट्रफी प्रदान 

१६ पुस, काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजना गरिएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ को शुक्रबार विशेष कार्यक्रमका वीच समापन गर्नुभयो । सो प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कास्य पदकसहित कुल ५ पदक प्राप्त गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ बिजयी भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ का बिजयी सो टिमलाई ट्रफी तथा ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले अन्य टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार समेत प्रदान गर्नुभयो ।

सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठन भित्र छरिएर रहेका प्रतिभावान खेलाडीको पहिचान गरी राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न समेत यो प्रतियोगिता फलदायी रहने बताउनुभयो ।

खेलकुदले सामूहिक भावनाको विकास गर्ने तथा मानसिक एवं शारिरीक रुपमा स्वस्थ्य रहन खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो–‘व्यक्तिगत स्वार्थलाई थाती राखेर जनताको सेवा, सुरक्षा र भरोसाको केन्द्र बन्न सुरक्षाका साथै राष्ट्रको गौरव बढाउन खेलकुद पनि एक उत्कृष्ट माध्यम हो ।’

उहाँले उच्च हिमाली भेगदेखि पहाड र तराईका आम नागरिकहरुको सुरक्षा गर्ने जिम्मा हामी सुरक्षाकर्मीहरुको काँधमा रहेको हुनाले प्रत्येक तह र तप्काका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले एउटा अभिभावकीय भूमिका निर्वाह गरी वर्तमान समयमा गरेका कार्यहरुको सकारात्मक परिणामलाई निरन्तरता दिदै आउदो पिँढीलाई समेत यो संस्कार दिनुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले खेलकुद क्षेत्रले राष्ट्र र रािष्ट्रय अखण्डताको जगेर्ना गर्ने मात्र नभई व्यक्तिगत जीवनमा समेत अनुशासित, इमान्दार तथा लगनशील रहन ठूलो भूमिका निर्वाह गर्ने बतानुुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी., रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राई, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र नेपाल हेड केल्मी स्पोर्टसका प्रबन्धक उत्तम न्यौपानेले समेत विभिन्न खेलका बिजयी टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित उक्त प्रतियोगिता यही पौष १२ गतेदेखि संचालन भएको थियो । पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’मा १८जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ टिमको सहभागिता रहेको थियो ।  ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ को आज भएको फुटबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बिजयी भएको छ । सो बाहिनीले सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयलाई ३–० ले पराजित गरी फुटबलतर्फको उपाधि हात पारेको हो ।

यसैगरी बिहीबार सम्पन्न भएको भलिबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयलाई २५–१७, २२–२५, २३–२५, २५–१६ र १५–१२ ले पराजित गरी विजयी भएको हो ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार २२:०९