५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने


१४ पुस, काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०७८ हुनेभएको छ । माघ ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने प्रदर्शनीको मूलनारा ‘कृषियान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषिविकास र समृद्धि’ राखिएको छ ।

प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ताका दुई हजारभन्दा बढी कृषियन्त्र, औजार, उपकरण तथाप्रविधिहरू रहने बताइएको छ । यसैगरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहने छ ।

प्रदर्शनीमा ‘मेड इन नेपाल’ प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवर्द्धनसम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने आयोजकले बताएको छ । करिब ७० जिल्लाका एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए ।

प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषितथा पशुपन्छी विकास मन्त्रालय, कृषिविभाग, कृषिपूर्वाधार विकास तथा कृषियान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहका छन् ।

प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । यस्तै प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक छन् । सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एन्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सीग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् ।

यसैगरी सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एन्ड डी इनोभेटिभ सोलुसन रहेका आयोजकले जानकारी दिएका छन् ।

संघले यसअघि २०७० मा चितवनमापहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । यसैगरी २०७२ मा बाँकेको कोहलपुरमा दोस्रो प्रदर्शनी, २०७४ मा धरानमा तेस्रो प्रदर्शनी र २०७६ मा चितवनमा चौथो कृषियान्त्रीकरण प्रदर्शनी आयोजना गरिसकेको छ ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १५:२६