१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कक्षा १२ को नतिजा पहिलो पटक अक्षरांक प्रणालीमा सार्वजनिक, यसरी हेर्नुस अाफ्नो नतिजा

१७ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक अक्षरांक प्रणालीमा नतिजा प्रकाशित गरेको हो । पहिलाे पटक कक्षा १२ का सबै समूहकाे नतिजा एकैपटक प्रकाशित गरिएकाे छ। गत बैशाखमा १२ कक्षाको परिक्षा संचालन भएको थियो। जसमा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी रहेका थिए ।

नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १०:५३