१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कक्षा १२ को नतिजा आज, नियमितको अक्षरांकमा र आशिंकको नतिजा नम्बरमा

१७ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनकि गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा बोर्डले अहिले बिहान ८ बजे परीक्षाफल सार्वजनिक गर्न बोर्डको बैठक बोलाएको छ ।

यसअघि बोर्डले बुधबार नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकिएको र बिहीबार सार्वजनिक गर्ने तयारी भैरहेको बोर्डका अधिकारीले जनाएका छन । बोर्डले यसपटक नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्दै छ ।

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार ०८:३५