१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

माथिल्लो तामाकोसीको आईपीओ आजदेखि खुल्याे

१६ साउन,काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना न्युनतम ३० देखि अधिकतम ३०० कित्तासम्म आईपीओ भर्न पाउनेगरी  साधारण सेयर (आईपीओ) आजदेखि खुला भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दालाई खुला भएको हो । तामाकोसीको आईपीओ भदौ १४ गतेसम्म निष्कासन हुनेछ ।

आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता निष्कासन भएको छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ ।

सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुने छ । प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ काठमाडौंबाट पनि भर्न पाइने भएको छ । काठमाडौबाट पनि निश्चित अवधीमा निश्चित स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । काठमाडौंबाट साउन २५ गतेसम्म मात्र फारम लिने कोषले जानकारी दिएको छ ।

दोलखामा रहेका बैकका शाखाहरु भएका २१ वटा स्थानहरुवाट सेयर आवेदन संकलन हुने र बैक नभएको स्थानहरुमा घुम्ति संकलन केन्द्रको ब्यवस्था हुने छ । विकट गाउँबाट आवेदन संकलन गर्न स्वयंसेवकहरु परिचालन गरिने भएको छ ।

डिम्याट अनिवार्य नभइ स्वेक्षिक हुने व्यवस्था गरिएको छ । ३ वर्षको लकिङ अवधी पछिको कारोबारको लागि डिम्याट अनिवार्य हुने भएकोले सहजरुपमा अहिले डिम्याट गर्न नेपाल धितोपत्र बोर्डको सुझाब दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १०:४१