१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

मेक्सिकोमा १०१ यात्रु सवार विमान दुर्घटना


१६ साउन, काठमाडौँ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटनामा परेको छ । विमानमा १०१ जना यात्रु सवार रहेका थिए ।

दुर्घटनामा मानवीय क्षति भने नभएको त्यहाँको प्रहरीले जनाएको छ । उडेको ५ मिनेटमै विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा ८५ जना यात्रु घाइते भएका छन र घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए । विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना बताएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ०७:४९