२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

नेप्सेमा आज चार कम्पनीको सेयर मूल्य समायोजन

७ पुस, काठमाडौं । नेपाल स्टक स्क्स्चेन्ज एक्स्चेन्ज( नेप्से)मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजनपछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्दै छ ।

नेपाल एसबीआई बैंकको बोनस सेयर समायोजनपछिको भाउ ३४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ पतिशत नगद लाभांश वितरण गर्दै छ ।

छिमेक लघुवित्तको समायोजनपछिको भाउ नेप्सेले १२ सय ४० रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । गत आर्थिक वर्षको नाफाबाट संस्थाले २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन पतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दै छ ।

गणपति लघुवित्तको समायोजनपछिको भाउ ११ सय ७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार १०:४३