४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ पुस, काठमाडौँ ।  छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्न २३ पुसमा २०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा मकवानपुरको हेटौंडास्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १३:११