१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

एडिलेडमा ब्रदर्श युनाइटेड फुटबल क्लबको सम्मान साझ, शिरजङ्ग गुरुङ भए वर्ष खेलाडी


५ पुस, एडिलेड । ब्रदर्श युनाइटेड फुटवल क्लव एडिलेडले सम्मान साँझको आयोजना गरि क्लवका खेलाडीहरुको सम्मान गरेको छ । क्लवले बर्ष २०२०/२१ मा क्लवबाट वाह्य तथा आन्तरिक खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु, विज्ञापनदाता तथा सहयोगीहरुलाई सम्मान गरेको हो ।

सम्मान साझको प्रमुख अतिथि साउथ अस्ट्रेलियाको प्रिमियर अफिसको लागी सहायक मन्त्री जिंग लीले सम्मानित खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै नेपालको सौन्दर्य र नेपालीहरुको काम प्रतिको मेहनतको प्रशंसा गर्नुभयो ।

बर्ष खेलाडी शिरजङ्ग गुरुङ ।

कार्यक्रममा म्यारियन काउन्सिलका मेयर क्रिस हन्नाले बहुसांसकृतिक मुलुक अष्ट्रेलियामा नेपाली फुटवल टिम अर्को थपिएकोमा खुशी व्यक्त गर्दै क्लवले तिन बर्षमा राम्रो प्रगति गरेकोमा हर्षित भएको बताउनुभयो । यसै गरि साउथ अष्ट्रेलियाका पुर्व सभामुख रसेल वाट्लेको प्रतिनिधि तथा लेवर पार्टीकी नेतृ मोनिका कुमार,एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा लगायतका अतिथिहरुले खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै खेलाडी तथा क्लबको प्रगतिको कामना गर्नु भएको थियो ।

साउथ अस्ट्रेलियाको प्रिमियर अफिसको लागी सहायक मन्त्री जिंग ली सामूहिक तस्बीरमा ।

कार्यक्रममा बर्ष खेलाडीको सम्मान शिरजङ्ग गुरुङलाई प्रदान गरिएको थियो । गुरुङले क्लवको तर्फबाट भएका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । यसै गरि सर्वाधिक गोलकर्ताको सम्मान आशिष खड्का, उत्कृष्ट गोलरक्षकको सम्मान इराज सिटौला र बिकाश घतानी, उत्कृष्ट रक्षा पंङ्तीको खेलाडीको सम्मान ज्ञानेन्द्र लामा र राजिव वस्ति, उत्कृष्ट मध्य पंङ्तीको खेलाडी सम्मान सुदेश बटाजु, उत्कृष्ट अग्रपंङ्तीको खेलाडी सम्मान आशिष खड्काका साथै बर्ष २०२०/२१ मा खेलमा राम्रो प्रगति गर्ने खेलाडीको सम्मान आयुष जंग गुरुङलाई प्रदान गरिएको थियो ।

कार्यक्रमका सहभागी ।

यसैगरि भेट्रान्सहरुको खेल तर्फबाट सुनिल लामालाई बर्ष खेलाडी सम्मान प्रदान गरिएको थियो भने क्लबको आन्तरिक खेलहरुबाट उत्कृष्ट खेलाडीको सम्मान बिकाश जंगम र सर्वाधिक गोलकर्ताको सम्मान सुदेश बटाजुलाई प्रदान गरिएको थियो । क्लवले क्लवका पुर्व अध्यक्ष तथा आजिवन सदस्य माधव जिसी र क्लबका पुर्व जनसम्पर्क अधिकृत धिरज लामालाई बिशेष सम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा नया कार्यसमिति सदस्यहरु, सौजन्यकर्ता विभिन्न व्यवसायी संस्थाहरु, रेफ्री तथा लाइन्स म्यानहरु सहित विभिन्न सहयोगीहरुको सम्मान गरिएको थियो । कार्यक्रम क्लबका अध्यक्ष बिकाश महर्जनको अध्यक्षता र महासचिव मोहन गुरुङको संचालनमा भएको थियो भने कार्यक्रम संचालन सम्वन्धी नियम सक्क्षम प्रधानले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा साउथ अष्ट्रेलिया राज्यको तर्फबाट अष्ट्रेलियाको राजधानी क्यानवेरामा आयोजित स्कुल स्पोर्टस अष्ट्रेलियामा १२ बर्ष भन्दा मुनीको समुहमा सहभागी नेपाली मुलका खेलाडी मिङ्मा लामा(छात्र) र साक्षी प्रधान (छात्रा) लाई समेत सम्मान गरिएको थियो ।

नव नियुक्त जनसम्पर्क अधिकृत रज्नेश श्रेष्ठ ।
प्रमुख अतिथि र अतिथिहरू ।
क्लबका अध्यक्ष विकाश महर्जन ।
सहायक मन्त्री जिंग ली ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार १२:४७