१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भक्तपुरमा दिउँसै चक्कु देखाएर एक जनाको ६ लाख लुटियाे

१५ साउन, भक्तपुर । भक्तपुर नगरपालिका–८ ल्यासिंखेल चुपिनघाटमा अाज दिउँसो  चक्कु देखाएर एक जनाको ६ लाख रुपैयाँ लुटिएको छ । मोटरसाईकलमा आएका दुई अज्ञात व्यक्तिहरूले चाँगुनारायण नगरपालिका–६ नगरकोट फेदीका ५४ वर्षीय पर्शुराम बजगार्इंलाई चक्कु देखाएर रकम लुटेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बजगाईंले घरबाट ल्याएको ४ लाख र कमलविनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको २ लाख रुपैयाँ गरी ६ लाख रुपैयाँ लुटिएको परिसरका प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए ।

बैंकबाट पैसा निकालेर सूर्यविनायक तर्फ जानेक्रममा बजगाईं लुटिएका हुन् । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १८:५८