१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भिटाेफकाे निर्वाचन राेक्ने महत-थपलियाकाे प्रयास अलफल

१५ साउन, काठमाडाैँ । गाउँ पर्यटन प्रवर्दन मञ्च (भिटाेफ)काे निर्वाचन राेक्ने एउटा समूहकाे प्रयास असफल भएकाे छ । अाज जारी अधिवशन राेक्न नेपाल पर्यटन बाेर्डकाे सदस्यबाट सरकारले हटाएपछि सर्वाेच्च पुगेका व्यवसायी दीपक महत, ठमेल पर्यटन परिषद्का पूर्व अध्यक्ष रामशरण थपलिया, पर्यटन बाेर्डका पूर्व सदस्य राजेन्द्र सापकाेटा लगायत जिल्ला प्रशासन कार्यालयसम्म पुगेपनि असफल भएका छन ।

वर्तमान महासचिव वासु पाण्डे नेतृत्वकाे समूह विजयी हुने भएपछि उनीहरु निर्वाचन राेक्न प्रशासनसम्म पुगेकाे टानका पूर्व अध्यक्ष चन्द्र रिजालले दैनिकीलाई जानकारी दिए । ध्रुव सिंखडालाई समर्थन दिएकाे समूहले उद्घाटनसत्रदेखि नै निर्वाचन भाँड्न अनेक हत्कण्डा अपनाएकाे र त्याे असफल भएकाे नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका महासचिव पूर्ण कुँवरले जानकारी दिए । उनले अब केहीबेरमै मतदान हुने र वासु पाण्डेकाे समूह दुईतिहाई मतका साथ विजयी हुने दाबी गरे ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १५:४८