१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिटिजन्स बैंकको एफपिओ खुल्यो, न्यूनतम ५० कित्ता आवेदन दिन सकिने

१५ साउन, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको एफपिओ आज साउन १५ देखि बिक्री खुल्ला भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २ सय रुपैयाँका दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपिओ निष्कासन गरेको छ ।

एफपिओमा साउन १५ देखि छिटोमा १८ सम्म र ढिलोमा भदौ १४ सम्म आवेदन दिन पाइने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । बैंकले निष्कासन गरेको एफपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात् १० हजार रुपैयाँदेखि २३ सय कित्ता अर्थात् ४ लाख ६० हजार रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १४:०३