१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

एडिलेडमा बालबालिकाका लागि क्रिकेटसंगै समुन्द्री तटिय सुरक्षा प्रशिक्षण हुँदै


४ पुस, एडिलेड । साउथ अष्ट्रेलियका वालवालिकाहरुका लागि चार हप्ते क्रिकेट सहित समुन्द्री तट सुरक्षा सम्वन्धी प्रशिक्षण हुने भएको छ । नेपालीमुलका बालबालिकाहरुका लागि मुख्य लक्षित गरि एडिलेड नेप्लिज क्रिकेट एसोसियसन(एन्का)ले साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन(साका) र समुन्द्री तटिय सुरक्षा सम्वन्धी संस्था सरफर लाईफ सेभिङ्ग साउथ अष्ट्रेलियाको सहयोगमा बहुसास्कृतिक क्रिकेट र तटिय सुरक्षा सम्वन्धी प्रशिक्षण हुन लागेको हो । एन्काका अध्यक्ष विजय जोशीका अनुसार प्रशिक्षण आगामी २०२२को जनवरी ३० बाट फ्रेब्रुअरीको २० सम्म आयोजना हुने भएको छ ।

समुन्द्री किनारमा रहेको साउथ अष्ट्रेलियामा विगतमा पटक पटक नेपाली सहित विभिन्न देशबाट विद्यार्थीहरु विभिन्न दुर्घटनाहरुमा पर्दै आएका छन् । नेपाल जस्तो भुपरिवेस्थित राष्ट्रमा आएका व्यक्तिहरुमा समुन्द्री तटिय सुरक्षा सम्वन्धी ज्ञान नहुदा अकल्पनिय दुर्घटनाहरुको सामना गर्नु परिरहेको सन्दर्भमा यहि हुर्कदै गरेरका बालबालिकाहरुका लागि यस्ता तालिमहरुको निकै महत्व रहेकाले नै एन्काले क्रिकेटका साथमा यस्तो प्रशिक्षण राखेको अध्यक्ष विजय जोशीले बताउनु भयो ।

अध्यक्ष जोशीका अनुसार सहभागीको दर्ता नि:शुल्क हुनका साथै क्रिकेट टि सर्ट र क्याप समेत नि शुल्क उपल्वध गराइने भएको छ । समापनमा सहभागीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिने र क्रिकेटमा राम्रो प्रस्तुति बालबालिकाहरुलाई एन्काबाट हुने जुनियर विश्वकप लगायतका खेलहरुमा पनि सहभागीताका लागि छनौट गर्न सकिने उहाले वताउनुभयो ।

प्रशिक्षणमा ५० जना बालबालिकाहरुलाई सहभागी गराईने र दुइ घण्टाको अवधिमा एक घण्टा क्रिकेट र अर्को एक घण्टा तटिय सुरक्षा सम्वन्धी प्रशिक्षक दिईने भएको छ । तटिय सुरक्षा प्रशिक्षणमा छ जना बालबालिकाहरुका लागि एक जना प्रशिक्षकले सुरक्षा सम्वन्धी आधारभुत ज्ञानहरु दिने छन् ।

विगतमा एनआरएनए, नेप्लिज इन एडिलेड लगायतका संस्थाहरुले एडिलेडका समुन्द्री किनारहरुमा नेपालीहरु दुर्घटनामा पर्न थाले पछि विभिन्न समयमा खास गरि बिद्यार्थी केन्द्रित यस्ता सुरक्षा सम्वन्धी प्रशिक्षण कार्यक्रमहरु संचालन गरेका थिए । तर ति कार्यक्रमहरुमा सरोकारवालाहरुको उत्साह नदेखिए पछि कार्यक्रमहरुले निरन्तरता पाउन सकेका थिएनन । तर यस पटक भने वालवालिकालाई क्रिकेट संग जोडेर गर्न लागिएको कार्यक्रममा भने उत्साह जनक ढंगबाट नाम दर्ताको काम भएको छ ।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार ०७:४४