१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनस दर

 १५ साउन,काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लिमिटेडले नयाँ बोनस दर घाेषणा गरेकाे छ । कम्पनीले प्रतिहजार न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बिमितलाई बोनस दिने भएको हो ।

आर्थिक वर्ष ०७३/०७४ का लागि बिमितलाई नयाँ बोनस दर निर्भारण गरेको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको जीवन आस्था योजनामा प्रतिवर्ष न्युनतम ८० देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । यो अन्य योजनाको भन्दा बढी हो ।

सावधिक आजिवन जीवन बीमामा वर्ष हेरी न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । जीवन तरङ बीमामा न्युनतमा ६१ देखि ७२ र अग्रिम भुत्तानी सावधिक जीवन बीमामा प्रतिहजार ६१ देखि ६३ रुपैयाँसम्म बोनस दिने एलआईसीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १०:२५