१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिटी एक्सप्रेस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्दै

१५ साउन, काठमाडौं । सिटी एक्सप्रस फाइनान्स कम्पनी लिमिटेडले भदौ १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन १६७ प्रतिशत अर्थात २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन बन्द असोज ४ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।
हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैया पुग्ने छ । हाल १५ करोड रुपैयाँ चुक्तापुँजी छ । साउन २० गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउने छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार ०९:३३