१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मल्टिपर्पसले घोषणा गर्‍याे १३ दशमलव ५२ प्रतिशत लाभांश

२९ मंसिर, काठमाडौँ । मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफा र सेयर प्रिमियमबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको २८ मंसिरमा सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्तगर्न सक्नेछन् ।

प्रकाशित मिति : December 15, 2021 at 12:23 pm