१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

विद्या विकासलाई पराजित गर्दै सूर्योदय सेमिफाइनलमा


२८ मंसिर, काठमाडौं । सूर्योदय प्रथम अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार जोरपाटीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको खेलमा सूर्योदयले विद्या विकासलाई ३७-२३ अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेकेा हाे ।

रामेछाप जिल्ला बास्केटबलद्वारा आयोजित प्रतियोगितामा न्यू मिलियम कलेज र लिम्पिया क्वाटरफाइनलमा पुग्न सफल भए । न्यू मिलिनियमले एकता जेम्सलाई ४८-१५ ले हरायो । लिम्पियाले बृहस्पतिलाई ४१-१८ ले पन्छायो । लिम्पियाको जितमा संगम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३४ अंक योगदान गरे ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १६:४४