२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

२८ मंसिर, काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उनको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही दिनदेखि एमाले बैठक जारी छ । उनी यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित भएका थिए । मंगलबार संसदीय दलकाे बैठक बसेकाे थियाे ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १६:१३