२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

बसको ठक्करबाट घाईते भएका पुरुषको मृत्यु

२८ मंसिर, सर्लाही । पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१ बागवानी पुलनजिकै बसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रामेछाप जिल्ला साविक सोलु गाविस-५ का ३५ वर्षीय राजेश घिमिरेको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जादै गरेको ना५ख १४ ९९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको घिमिरे सवार लु७७प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट टाउकोमा चोट लागेका घिमिरेलाई तत्काल उपचारको लागि लालबन्दी पुर्याईएको इलाका प्रहरी कार्यालयका प्रमुख निर्मल थापाले जानकारी दिए । लालबन्दीस्थित मोडल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगंजकाे मेडिकल कलेज पुर्याईएको घिमिरेको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

घटना लगत्तै ठक्कर दिने बस, चालक र मोटरसाइकल समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १५:५९