२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

ट्याक्टरको ढालाले किचेर एक जनाको मृत्यु

२८ मंसिर, काठमाडौं । माईजोगमाई गाँउपालिका-४ गैरीगाउँमा ट्याक्टरको ढालाले किचेर ५४ बर्षीय पूर्णबहादुर घलेकाे मृत्यु भएकाे छ । सोमबार बेलुका सवा ६ बजेतिर पराल बोकेको मे१त ११७३ नम्बरको ट्याक्टरमा सवार घले लड्दा ट्याक्टरको ढालाले किचेकाे हाे । उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात फरार रहेका चालक ताप्लेजुङ याङबरक गाँउपालिका-१ का २० बर्षीय टेकिन्द्रसिवा दर्जीलाई प्रहरीले मंगलबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १५:३६