२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

दमननाथ ढुंगानाले छाडे नेपाली कांग्रेस, नयाँ पार्टीमा अनुबन्धन

२८ मंसिर, काठमाडाैँ । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री रामेश्वर खनाल, तुलनारायण साहसहितका व्यक्ति सहभागी भएाक छन् ।

मधेशवादी दल हुँदै पछिल्लो आमनिर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गरेका हुन् । नयाँ पार्टीमा अनुबन्धन भएसँगै दमननाथ ढुंगानाले नेपाली कांग्रेस परित्याग गरेका छन । ढुंगाना गत निर्वाचनमा भक्तपुरबाट चुनाव लडेका थिए । उनी एमालेका महेश बस्नेतसँग भारी मतान्तरमा पराजित भएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १४:३१