१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नेपाल पुनर्बिमा कम्पनीको साधारणसभा २२ पुसमा

२८ मंसिर, काठमाडाैँ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले २२ पुसमा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा छैटाैँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको १६ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र दुई दशमलव ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । यसका साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि १४ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, १३ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : December 14, 2021 at 10:42 am