२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कोइलाखानीमा च्यापिएर मजदुरको मृत्यु

२७ मंसिर, दाङ । दाङमा कोइलाखानीमा काम गर्ने एक मजदुरको कोइला सुरुङमा च्यापिएर मृत्यु भएको छ ।

खोइलाखानीमा काम गर्दै आएका घोराही उपमहानगरपालिका-१९ का ४६ वर्षीय भक्तबहादुर घर्तीको सोमबार कोइलाखानीमा च्यापिएर ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपलिका वडा नम्बर १ दाङ्जामा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने कोइला मजदुर घर्तीको खानीको सुरुङ भित्र च्यापिएर मृत्यु भएको दाङ प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए । सुरुङमा च्यापिदा घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रम मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १८:०३