२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

एमालेको नवाैँ महाधिवेशनबाट पारित नारा गगन थापाले नै चोरेको पुष्टि (प्रमाणसहित)


२६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको नेता गगन थापाले नेकपा एमालले आफ्नो नारा एमालेले कपी गरेको भनेर लगाएको आरोप भ्रमपूर्ण भएको पुष्टि भएको छ । एमालेको “सुखी नेपाली-समृद्ध नेपाल”  नाराले गगन थापाले चोरेर कपी गरेको पुष्टि हुने प्रमाण दैनिकीले प्राप्त पारेको छ ।

थापाले थापाले एमालेले “सुखी नेपाली-समृद्ध नेपाल” नारा ल्याउनु भन्दा अगाडि आफूले “सम्मुनत नेपाल-सम्मानित नेपाली”काे बिचार राखेको दावी गरेका थिए  । तर, उनको त्याे दावीलाई तथ्य प्रमाणहरूले खण्डन गरेको छ । थापाले नै स्वीकार गरेको २०७२ साल अघि नै एमालेले उक्त नारा महाधिवेशनको राजनीतिक प्रतिवेदन मार्फत “सुखी नेपाली-समृद्ध नेपाल”  अघि सारेको पाइएको छ ।

 

एमालेको नवाैँ राष्ट्रिय महाधिवेशनकाे पारित राजनीतिक प्रतिवेदनमा “सुखी नेपाली-समृद्ध नेपाल”लाई प्राथमिकतामा राखिएको छ । (पेज१२७/१२८)

एमालेको नवाैँ राष्ट्रिय महाधिवेशनकाे पारित राजनीतिक प्रतिवेदनमा “सुखी नेपाली-समृद्ध नेपाल”लाई प्राथमिकतामा राखिएको छ । (पेज१२७/१२८) । गगनले आफ्नो चोरी र कपीपेस्ट अभियानलाइ जुनसुकै नाम दिएर पनि अब आफैँले छरेको भ्रम छोप्न सक्ने अवस्था देखिदैँन ।  प्रमाणले गगनले नारा कपी पेष्ट र माेडिफाई गरेको पुष्टि हुन्छ ।

यसअघि थापाले नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले नेकपा एमालेको नारा नक्कल गरेका थिए । बिहीबार महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले नेकपा एमालेले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नाराको नक्कलकाे रूपमा ‘समुन्नत नेपाल र सम्मानित नेपाली’को नारा अघि सारेका थिए ।

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार २१:०५

https://srdb.com.np/