२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

प्रभावशाली युवा नेता महेश बस्नेत नेकपा एमालेको पोलिटब्यूरो सदस्यमा चयन

२६ मंसिर, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत पोलिटब्यूरो सदस्य चयन भएका छन । भक्तपुरमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले बस्नेतसहित ८० जनालाइ पोलिटब्यूरो सदस्यमा चयन गरेको हो ।

बस्नेत युवा संघका पूर्व अध्यक्ष हुन पूर्व मन्त्री समेत हुन । भक्तपुरबाट प्रतिनिधिसभा निर्वाचित बस्नेत जनताको बीचमा लोकप्रिय सांसद समेत हुन । बस्नेत बिहानदेखि बेलुकासम्म जनताको घरदैलोमा डुल्ने र विकासको काम निरीक्षण गर्ने गर्छन ।

उनी यसअघि १० औँ महाधिवेशनमा सचिवमा लड्ने तयारी गरेका थिए यद्यपी पार्टी अध्यक्ष सहमतिका लागि टिम नै घोषणा गरेपछि केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार १५:१०