२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस भीरबाट खस्यो

२६ मंसिर, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ ।

जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ ।

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतको सनाखत हुन बाँकी छ । बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार ०७:३०