२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कोइला काट्ने क्रममा घाइते भएका बलराम राईकाे उपचारमा आर्थिक अभाव

२२ मंसिर, खोटाङ । भारतको मेघालयमा कोइला काट्ने क्रममा घाइते भएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४१ वर्षीय बलराम राईको उपचारमा आर्थिक संकट परेकाे छ ।

२०७६ सालमा कोइला खाद पुगेका राई गत २ मंसिरमा घाइते भएका थिए । भारतमा सामान्य उपचारपछि त्यहाँ रहेका नेपालीले चन्दा उठाएर नेपाल पठाएका थिए । उनकाे अहिले अपांग अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।

तर, आर्थिक अभावका कारण थप उपचार अघि बढ्न नसकेको घाइते राईले बताए । उनको कम्मरमुनिको भाग चल्दैन । दिसापिसाब भएकाे समेत थाहा पाउँदैनन् ।

थप उपचारमा सहयाेग गर्न उनले अपील गरेका छन् । बलरामको श्रीमती सहित तीन छोरी र तीन छोरा छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १७:५३