१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाकाे घाेषणा


२१ मंसिर, काठमाडाैँ । अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ ।

चीनमा मानव अधिकार उल्लंघनमा घटनामा बृद्धि भएकाे अ‌ाराेप लगाउँदै चीनले हिउँदे अ‌ाेलम्पिकलाई बहिस्कारकाे घाेषणा गरेकाे हाे । तर, अमेरिकी खेलाडी भने साे प्रतियोगितामा सहभागी हुने सरकारले जनाएकाे छ ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए । बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार ०८:०८