भारत-पाक छुट्याउने रेखामा जन्मियाे सीमा
२० मंसिर, अत्तरी । सन् २०२१ को डिसेम्बरमा भारत र पाकिस्तानको सीमामा शिशु जन्मिएकाे छ । पाकिस्तानी महिलाले दुई देशकाे अत्तरी सीमामा शिशु जन्माएकी हुन् । र, बच्चाकाे नाम सीमा राखिएकाे छ । शिशु जन्मिएकाे क्षेत्र अत्तरीमा शिशुका अभिभावकसहित ९७ जना पाकिस्तानी ७१ दिनदेखि बिचल्लीमा परेका छन् ।
दुई देशकाे सीमामा शिशु जन्मिएकाेले उसकाे नाम पनि सीमा राखिएकाे शिशुका अभिभावक निम्बु बाई र बलाम रामले बताए । बलामका पुर्खा भारतकाे पञ्जाब प्रान्तकाे रजनपुर जिल्लाबाट पाकिस्तानमा बसाइ सरेका थिए ।
निम्बु बाइ गर्भवती थिइन् । २ डिसेम्बरमा उनलाई प्रसुति व्यथा लागेकाे थियाे । निम्बुलाइ सहयाेग गर्न पन्जाबबाट केही मानिस अत्तरीमा अाएका थिए । बच्चा जन्माउन स्थानीयले पनि सहयाेग गरेका थिए ।
बलरामसँगै अन्य ९८ जना धार्मिक भ्रमणाका क्रममा लकडाउनअघि भारत अाएका थिए । भारत भ्रमणका क्रममा उनीहरुले केही अाफन्तजनहरुसँग पनि भेट गरेका थिए । तर, अावश्यक कागजातकाे अभावमा उनीहरु फर्किन पाएका थिएनन् । उनीहरुमध्ये ४७ जना बालबालिका छन् । ती मध्ये ६ जना भारतमा जन्मिएका हुन् । उनीहरु सबै एक बर्ष मुनिका छन् ।
रामबाहेक अर्का पाकिस्तानी नागरिक लग्या राम पनि त्रिपालमै बसेका छन् । उनले पनि गत वर्ष जाेधपुरमा पुत्र जन्माएका थिए, जसकाे नाम भारत राखिएकाे छ । लग्या जाेधपुरमा अाफ्ना भाइलाई भेट्न जाेधपुर अाएका थिए, तर उनी पाकिस्तान फर्किन पाएका छैनन् ।
प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार ११:५६