१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

रेनुका लामाले साउथ अष्ट्रेलियामा सामूदायिक भवनका लागि जग्गा दिने प्रक्रिया अगाडि बढाइन

२० मंसिर, एडिलेड । साउथ अष्ट्रेलियामा नेपाली सामुदायिक भवन निर्माणका लागि नि शुल्क जग्गा दिने घोषणा गरेकी एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले जग्गा दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभएको छ ।

साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदूत दिपक धमला ।

आइतवार एनआरएनए साउथ अष्ट्रेलियाद्वारा एडिलेडमा रहेको नेपाली समुदायको हितमा एनआरएनए र अन्य सामाजिक संघ संस्थाले कसरी कार्यक्रमहरु गर्न सकिन्छ भनेर आयोजित छलफल कार्यक्रमको समापनमा लामाले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार तिन हजार वर्ग मिटर जग्गा सामुदायिक भवनका लागि हस्तान्तरण गर्नका लागि टाउन प्लानर मार्फत स्थानीय म्यारियन काउन्सिल हुँदै प्रक्रिया अगाडि बढाइएको छ ।

एनआरएनए ओशियान क्षेत्रका क्षेत्रीय उपप्रमुख तथा साउथ अष्ट्रेलियाका पूर्व संयोजक नविन कडेँल।

यसै गरि एनआरएनए साउथ अष्ट्रेलियाले `नेप्लिज कम्युनिटी वेबसाइट´ संचालन गर्ने भएको छ । साउथ अष्ट्रेलिया सरकारसंगको सहकार्यमा निर्माण हुन लागेको साइटमा नेपाली संघ संस्थाका जानकारी साथै नेपाली इतिहास पनि समेटिनी एनआरएनए साउथ अष्ट्रेलियाको कार्यसमिति सदस्य देवेन्द्र खरेलले बताउनुभयो । खरेलका अनुसार उपयोगी विभिन्न सरकारी निकायका साइटहरुको लिङ्कका साथै नेपाली व्यवसायीहरुको जानकारी पनि समावेश गरिने छ ।

यसै गरि नेपाली समुदायका सामाजिक गतिविधीका समाचारहरुको लिङ्कहरु पनि राखिने छ । एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक लामाका अनुसार वेवसाइट निर्माणको चरणमा रहेको र आगामी फेव्रुअरीबाट संचालनमा ल्याउने तयारी भएको जानकारी दिनु भयो । लामाले साइटले यहा बसोबास गरिरहेका नेपाली र नव आगन्तुक नेपालीहरुका लागि धेरै उपयोगी हुने बताउनुभयो ।

एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा ।

कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले बाणिज्यदुतावासले नेपाल र साउथ अष्ट्रेलिया विचमा व्यापार प्रबर्धन तथा यहा रहेका नेपालीहरुलाई सहयोग गर्दै आएको वताउदै नेपालीहरुले पनि विभिन्न व्यवसायहरु संचालन गरिरहेकाले एक अर्काका लागि सहयोगी हुन आग्रह गर्नुभयो । उहाले पछिल्लो समयमा घरेलु हिसां बढि रहेको सन्दर्भमा एनआरएनएले आफ्ना वेवसाइटहरुमा यस विषय नियम कानुनका बारेमा पनि जानकारीहरु राख्न आग्रह गर्नुभयो ।

एनआरएनए ओशियान क्षेत्रका क्षेत्रिय उप प्रमुख तथा साउथ अष्ट्रेलियाका पुर्व संयोजक नविन कडेल, एनआरएनए अन्तराष्ट्रिय समवन्य समिति सदस्य तथा साउथ अष्ट्रेलियाका पुर्व संयोजक अशोक केशी, पुर्व ओशियाना उप्रमुख तथा साउ अष्ट्रेलिया संयोजक रमेश जोशी, साउथ अष्ट्रेलियाका निवर्तमान संयोजक नविन पन्त तथा पुर्व साउथ अष्ट्रेलिया संयोजक दिपक विष्टले आ-आफ्ना कार्यकालका अनुभवमा सहित नया टिमलाई सुझाव दिनुभएको थियो ।

सामाजिक अगुवा तथा प्रवासी नेपाली मञ्च ओशीयाना अध्यक्ष राजु उपाध्याय ।

कार्यक्रममा एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मीले समाज र एडिलेड नेपाली विद्यालयका कामका विवरण सहित आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यसै गरि एडिलेड खुकुरी फुटवल क्लवका अध्यक्ष कुमार पुष्प गुरुङ, एडिलेड नेपालका अध्यक्ष पुस्कर कोइराला, प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडी, नवलपुर समाजका अर्जुन लम्साल, मगर समाजका अध्यक्ष गोविन्द राना, एडिलेड भजन कृतन समुहका अध्यक्ष गणेश पराजुली, पञ्चेवाजा समुहका अध्यक्ष शिव रिमाल, तामाङ सोसाइटीकी विमला तामाङ, व्रह्म कुमारी राजयोगकी सरिता निरौलाले आ आफ्ना संस्थाका काम र आगामी कार्ययोजना बारेमा प्रकाश पार्नुभएको थियो ।

सामाजिक अगुवा तथा प्रवासी नेपाली मञ्च ओशीयाना अध्यक्ष राजु उपाध्यायले काम तथा आर्थिक पारदर्शी हुने लगायतका सुझावहरु दिनुभएको थियो । कार्यक्रमको समापनमा अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक लामाले बृहत् रुपमा नेपाल फेस्टिभव आयोजना गर्ने, नेपालको पर्यटन प्रवर्धनका लागि कार्यक्रम गर्ने, सडक सुरक्षा सम्वन्धि जानकारी मुलक कार्यक्रम र आगामी छ महिना भित्र साधारण सदस्यहरु संग विचमा अन्तरक्रिया आयोजना गर्ने कार्ययोजना रहेको समेत जानकारी दिनुभएको थियो । छलफल कार्यक्रमको संचालन एनआरएनए साउथ अष्ट्रेलिया सचिव विनोद वानिया र स्वागत मन्तव्य उपाध्यक्ष संजय पुरीले राख्नुभएको थियो ।

एनआरएनए साउथ अष्ट्रेलिया कार्यसमिति सदस्य देवेन्द्र खरेल ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १०:४३