२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अमेरिकासहित २२ देशले तालिवानलाई भने –पूर्वसुरक्षाकर्मीमाथिकाे हत्या तत्काल बन्द गर

१९ मंसिर, न्युयाेर्क । अमेरिका र उसका गठबन्धन देशहरुले अफगानिस्तानमा पूर्व सुरक्षाकर्मीहरुमाथि भइरहेका आक्रमण तत्काल राेक्न माग गरेका छन् । अमेरिकासहित २२ देशहरुले एक विज्ञप्ति जारी गर्दै पूर्व सरकारका सुरक्षाकर्मीहरुलाई हमला नगर्न र मुस्लिम शासन सम्मान गर्न माग गरेका हुन् । ‘तालिवानले ठूलाे संख्यामा पूर्वसुरक्षाकर्मी र सरकारी कर्मचारीकाे हत्या गरेकाे विवरणप्रति हामी गम्भीर चासाे व्यक्त गर्दछाै‌,’ विज्ञप्तिमा भनिएकाे छ ।

तालिवानले पूर्वसुरक्षाकर्मी र कर्मचारीहरुकाे हत्या गरेकाे विवरण सार्वजनिक भइरहेका बेला पश्चिमेली देशहरुले चासाे जनाएका हुन् । यसै साता मानवअधिकारवादी समूह ह्युमन राइट वाचले एक प्रतिवेदन सार्वजनिक गर्दै तालिवानले १०० सुरक्षाकर्मीकाे हत्या गरेकाे जनाएकाे थियाे ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ११:११