३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

भद्रकुमाली घलेको निवासमा एमाले अध्यक्ष ओली (भिडियोसहित)


१८ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेको घरमा पुगेका छन । डिल्लीबजारस्थित घलेकै निवासमा पुगेर अध्यक्ष ओलीले शनिबार भेट गरेका हुन ।

९० वर्षीय घलेले केपी ओलीलाई सच्चा देशभक्त र विकास प्रेमी नेता भएको बताउँदै आएकी छिन । घलेको इच्छा अनुसार ओली घलेलाई भेट्न घरमा पुगेका हुन । सो क्रममा घलेले आफूले लेखेका विभिन्न पुस्तक ओलीलाई हस्तान्तरण गरेकी छिन । घलेले आफू अहिले लेखपढमा लागेको बताइन ।

यसअघि केपी ओलीलाई षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाएको भन्दै घलेले चर्को आलोचना गर्दै आएकी थिइन । घलेले ओली फेरी चुनाबाट प्रधानमन्त्री हुने बताउँदै आएकी छिन । घलेले ओलीलाई देखेर वा चिनेर नभई उनको कामबाट प्रभावित भएर प्रशंसा गरेको बताएन । विश्वबाट कम्युनिष्ट बढारिएको बेला नेपालमा केपी ओलीले कम्युनिष्टको दुईतिहाई बहुमत ल्याएको घलेले बताइन ।

‘अब आउने चुनावमा पनि हामीले त्यस्तै देख्न पाए हुन्थ्यो’, ओलीसँगको भेटमा घलेले भनिन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउन ओली एक पटक फेरी प्रधानमन्त्री बन्नुपर्ने भन्दै घलेले भनिनन् ‘मैले आशिर्वाद दिएकी छु, ओली फेरि दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बन्नुपर्छ ।’

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार १८:५५

https://srdb.com.np/