२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

गगन थापा मण्डलेको नयाँ संस्करणः नेता रिजाल

१८ मंसिर, काठमाडाैँ । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेसका नेता गगन थापाप्रति कटाक्ष गरेका छन । सामाजिक सञ्जाल मार्फत उनले थापाई मण्डलेको नयाँ संस्करणको उपमा दिएका छन । थापाले एमालेको दशाैँ महाधिवेशनलाई पञ्चयतसँग तुलना गर्दै अभिव्यक्ति दिएपछि रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत नै त्यसको जवाफ दिएका हुन ।

रिजालले भनेका छन, ‘आफ्नै पार्टीका प्रतिनिधिले समेत सफलताको शुभकामना दिएको नेकपा (एमाले) को महाधिवेशनलाई ‘पञ्चायत’सँग तुलना गर्नेहरू मण्डलेका नयॉ संस्करणबाहेक केही होइनन् । लोकतन्त्रमा अरू पार्टीका कार्यक्रमबाट आत्तिएर विक्षिप्त हुनुभन्दा त्यसभन्दा ठूला कार्यक्रम गर्ने विकल्प सबैलाई खुल्ला छ । कांग्रेस र माओवादी दुबैका महाधिवेशन हुँदैछन्। यतिवेला तपाईंहरूसँग सत्ता छ, परमादेश छ, तपाईंहरूकै भाषामा ‘जनमत’ पनि छ । नारायणी किनार खाली नै छ । हाम्रो चुनौती छ( त्यही ठाउँमा हाम्रोभन्दा ठूलो सभा गरेर देखाउनूस् !’

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार १७:४९