२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

१७ मंसिर, काठमाडाैँ । नेपाल एसबिआई बैंक तथा नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेसनल पेमेन्टबीचको पहिलो चरणको सञ्चालनका लागि सम्झौता भएको छ । नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल क्युआर स्ट्यान्डर्डबमोजिम नेपाल पे क्युआर तथा इन्टरनेट वर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टू–पे तथा इ–म्यान्डेटका उपकरणहरू, वालेट–वालेटबीच अन्तरआबद्धताजस्ता सेवा रहेको जनाइएको छ ।

त्यस्तै, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरू उपलब्ध हुने बैंकले जनाएको छ । यससम्बन्धी सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १३:२३