२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट

१७ मंसिर, कर्नाटक । विश्व मााझ त्रासको रुपमा देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो । उनीहरूमा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमित दुबै पुरुषहरुलाई निगरानीमा राखिएको छ । नयाँ भेरियन्ट देखिएसँगै अन्य सहरहरुमा पनि परीक्षण सुरु गरिएको छ ।
ओमिक्रोन देखिएपछि भारतले दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, बेलायत, हङ्कङ र इजरायललगायतका उच्च जोखिम भएका देशबाट आउने यात्रुलाई कडाइ गरेको छ ।

ती देशबाट आउने यात्रुको कोभिड परीक्षण गरिने र कोभिड नतिजा नआएसम्म उनीहरुलाई विमानस्थलबाहिर जान रोक लगाइने भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिने रउनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ती देशबाट आउने यात्रुहरु एक साता घरमा क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ११:१८