२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई देउवाको आग्रह

१४ मङसिर, काठमाण्डाैँ । मंगलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन्। उन्ले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताए। प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा लायन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ । तपाईहरुलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए । आगामी दिनमा यो पार्टीलाई एकतावद्ध गरेर राम्रोसँग जाने पार्टीको निणर्यलाई मानेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ । उहाँहरुको भन्दा ठूलो पार्टी बनाउँ ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निणर्यले पछुताउनु पर्ने भन्दै कुनै पनि निणर्य गर्दा सोच विचार गर्नुपर्ने बताए । उन्ले नेतृत्व र निणर्य गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे। प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिले हाम्रो विश्वप्रकाशले अति महत्वपूणर् कुरा उठाउनु भएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईहरुले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरुलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु । अहिले नहत्तारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ पछि ? समय आइहाल्छ नि । त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो, निणर्य नै गर्न सक्दैन निणर्य ढिलोढिलो गर्छ भनेर । निणर्य भन्दैमा जथाभावि गर्नु, जे पायो त्यही त गर्नु भएन नि । निणर्य भनेको सोचविचारले गर्नुपर्छ । निणर्य गरेर पछुताउनु भन्दा ढिलो निणर्य गर्नु बेश हुन्छ । सोच विचार गरेर गर्नुपर्छ । त्यसकारण तपाईहरुलाई भोलि निणर्य गर् निणर्य गर् भनेर फसाउलान् नि । निणर्य गर्ने इच्छा राख्नु भएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहीँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु । त्यसैले अर्ति भनेको बुढापाकाहरुबाट सिक्नुपर्छ क्या, त्यसकारण बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यसकारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला । हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । बिपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन पालो आउँछ । तपाईको पालो आइहाल्छ हतार नगर्नुस् ।’

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्रकोल लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १८:३९