२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

‘साइनो’ फिल्ममा नीता ढुंगाना डान्स टिचरको भुमिकामा देखिँदै


नेपालको पहिलो फिल्म ‘आमा’ का दुई अभिनेत्री चैत्यदेवी सिंह र भुवन चन्दले निर्माण गर्न लागेको फिल्म ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी छिन् । दशैंपछि फ्लोरमा जाने यस फिल्ममा उनी डान्स टिचरको भूमिकामा देखिनेछिन् ।

‘साइनो’ लाई रमेश थापाले निर्देशन गर्नेछन् । फिल्ममा नायिका मिरुना मगर र नव कलाकार राजकुमारको पनि प्रमुख भूमिका रहनेछ । यसमा अभिमन्यू निरवी र रामशरण कोइरालाको लेखन छ ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार १३:५६

https://srdb.com.np/