२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई

१२ मंसिर, चितवन । एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई भएको छ ।

केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि अफ्ठ्यारो भइरहेको बताइएको छ ।

यही कारण निर्वाचन कार्यतालिका प्रभावित भएको एमाले निर्वाचन आयोगले जनाएको छ । राति नै मतदान हुने सम्भावना कम रहेको बताइएको छ ।

केपी शर्मा ओली भने अझै पनि केन्द्रीय सदस्यमा नेताहरूबीच सहमति गराउने प्रयासमा छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १९:२६