२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

पुराना कपडाको डस्ना बनाएर दिन कै २० हजार आम्दानी

-सुधा देव

१३ मंसिर, सप्तरी । बारा कलैयाका साह आलमलाई यतिबेला डस्ना बनाउन भ्याइ नभ्याइ छ। उनी डस्ना बनाउन भनेर आसपासका जिल्लाहरू पर्सा, सप्तरी, सिराहसम्मै पुग्छन् । डस्ना बनाएबापत पाउने पारिश्रमिकका कारण उनी घरभन्नदा निकै टाढा टाढासम्म पुग्छन् ।

उनका अनुसार डस्ना मात्रै बनाउँदा पनि दैनिक १५ देखि २० हजार रूपैयाँसम्म आम्दानी हुन्छ । उनले पुरान‍ो काम नलाग्ने लुगालाई मेसिनले पेलेर कपास जस्बताे बनाई आधा घण्टामा डस्ना तयार गर्दै आएका छन् ।

उनले भने, ´यो काममा कमाई हुने भनेको जाडो महिनामा त हो । जहाँ बढी हाम्रो माग हुन्छ, त्यहाँ पुग्छौं । १५ देखि २० किलाेसम्मको डस्ना राम्रै हुने उनको भनाइ रहेको छ। मेसिनमा कपडा पेल्न पाँचदेखि १० मिनेट र डस्ना बनाउँन २० देखि २५ मिनेट लाग्ने साहले बताए । उनले थपे, ´एउटा डस्ना बनाउन जम्मा ३० देखि ३५ मिनेट लाग्छ।` साह आलमकाे टिममा तीन जना छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १५:१०