२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजेदेखि सुरु हुन्छः गोकुल बाँस्कोटा

१२ मंसिर, चितवन ।  नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् । उनले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन् ।

अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए । उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १६:४०