२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

समृद्धि फाइनान्सको एक दिने वर्कशप सम्पन्न

१२ मंसिर, काठमाडाैँ । समृद्धि फाइनान्सले मंसिर ११ गते श निवार विजनेस डेभ्लपमेन्ट वर्कशप सम्पन्न गरेको छ । उक्त वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुको बारेमा छलफल भएको हो । उक्त कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम एयरपोर्ट होटेल, काठमाण्डौमा आयोजना गरिएको थियो । कार्यक्रममा व्यापार प्रवद्र्धनका लागी थप रणनीतिक योजना, कार्यक्रम, प्रोडक्क लगायतका विषयमा छलफल गरिएको थियो ।

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ । जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १३:१७