२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

कांग्रेसको सुर्खेत जिल्ला सभापतिमा पोखरेल सर्वसम्मत

१२ मंसिर, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशनबाट सभापतिमा खड्ग पोखरेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले पोखरेललाई सर्वसम्मत चयन गरेको हो ।

मनोनयन दर्ताको लागि तोकिएको अवधिमा पोखरेलको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत सभापति चयन भएका हुन् । यस्तै, उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल, सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी चुनाव मैदानमा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १२:३२