२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

जजरकोटमा यात्रुबाहक बस दुर्घटना, ५ जनाको मृत्यु २५ जना घाइते

१२ मंसिर, काठमाडाैँ । जाजरकोटमा आइतबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ख २७५७ नम्बरको बस बिहानको राति साढे २ बजेतिर भेरी नगरपालिकाको बराहचौर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाका अनुसार दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । तस्बीरः बामु देवकोटा

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार ०९:५१