२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सिन्धुपाल्चोकका १० पालिकामा माओवादी नयाँ नेतृत्व चयन

११ मंसिर, सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो ।

जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन । त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गाउँपालिकामा भने मंसिर १५ गते हुने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका, शुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नरगपालिका र लिसंखुपाखर गाउँपालिकामा आज शनिबार सम्मेलन सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १९:२६