२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधाका लागि ‘ग्लोबल स्मार्ट’ लाई नयाँ रुपमा ल्यायो

१२ साउन, काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधाका लागि ‘ग्लोबल स्मार्ट’ लाई नयाँ रुपमा ल्याएको छ । बैंकल मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई नयाँ रुपमा ल्याएको हो ।

व्यक्तिगत क्यूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । शुक्रबारदेखि अद्यावधिक गरिएको मोबाइल बैंकिङ कारोबारको सहजताको लागि यस्तो व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सेवामा प्रयोगकर्ताको औँठाछाप लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली पनि अपनाइएको छ । नयाँ ग्लोबल स्मार्ट सुविधाअन्तर्गत ग्राहक आफैंले बैंकमा नगइ आफैं यस्तो सेवा सुरु गर्न सक्ने र आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सक्नेछन ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १०:२२