२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

चुक्ता पुँजी ११ अर्ब पुर्याउने आयल निगमको निर्णय

११ साउन, काठमाडौँ । नेपाल आयल निगमले चुक्ता पुँजी ११ अर्ब पुर्याउने निर्णय गरेको छ । शुक्रवार सम्पन्न निगमको ३६औं वार्षिक साधारणसभाले चुक्ता पुँजी ११ अर्ब रुपैयाँ र्पुयाउने निर्णय गरेको हो । निगमको चुक्ता पुँजी हाल २९ करोड रुपैयाँ रहेको छ ।

कायम रहेको सञ्चित मुनाफाबाट बोनस सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने निर्णय सञ्चालक समितिले गरेको हो । निगममा ९९ प्रतिशत सेयर नेपाल सरकारकै रहेको छ । आर्थिक वर्ष २०७३/७४ सम्ममा निगमको सञ्चित मुनाफा १० अर्ब ८८ करोड रुपैयाँ छ।

यही सञ्चित मुनाफाबाट १० अर्ब ७१ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निगमले जनाएको छ । उक्त रकममा हाल कायम रहेको २९ करोड रुपैयाँ जोडेर चुक्ता पुँजी ११ अर्ब रुपैयाँ पु¥याउने निगमले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १८:४४